वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा वामपन्थी प्यानलका रोहन गुरुङ विजयी

काठमाण्डौ, ३१ असार । नेपाल बैदेशिक रोजगार ब्यवसायी संघमा एमाले र नेकपा माओवादी केन्द्रकाे प्यानबाट  अध्यक्षको उम्मेदवारी दिएका रोहन गुरुङ विजयी भएका छन् ।

कांग्रेस निकटका बहालवाला अध्यक्ष समेत हरेका बिमल ढकाललाई हराउँदै रोहन गुरुङ नेतृत्वको समुह बिजयी भएको छ । शुक्रवार भएको मतदानको परिणाम शनिवार विहान आएको छ । गुरुङले ढकाललाई ९३ मतअन्तरले पराजित गरेका छन् । गुरुङले ४ सय ३४ मत र ढकालले ३ सय ४१ मत ल्याएका छन् ।

बैदेशिक रोजगार ब्यवसायी संघमा एमाले र माओवादीबीच गठबन्धन थियो भने कांग्रेस र मधेसी मोर्चासँग सम्बन्धीत ब्यवसायीबीच गठबन्धन भएको थियो । एमाले निकट प्रगतिशिल बैदेशिक रोजगार ब्यवसायी मञ्च र नेकपा माओवादी केन्द्र निकट बैदेशिक रोजगार ब्यवसायी गणतान्त्रिक मञ्च बहुमतसहित बिजयी भएको प्रचार संयोजक संयोजक भीष्मराज शर्मा शिवाकोटीले बताए ।

प्रगतिशील समुहबाट प्रथम उपाध्यक्ष रामप्रसाद भन्तना, तृतीय शुक्र पाख्रिन, महासचिव नरेश गेलाल, सचिव इश्वर जीसी बिजयी भएका छन् भने द्धितीय उपाध्यक्ष शुवर्ण श्रेष्ठ र कोषध्यक्ष रमिला ताम्रकार झिनो मतअन्तरबाट पराजित भएका छन् । नेपाल बैदेशिक रोजगार ब्यवसायी संघ लामो समयदेखि कांग्रेस निकट फोरम लोकतान्त्रिकको कब्जामा थियो । कांग्रेसको दवदवालाई भत्काउँदै एमाले र माओवादीको संयुक्त प्यानल बिजयी भएको छ ।