November 18, 2017

माओवादीलाई मधेसको आस, केन्द्रीय तहबाटै अभियानात्मक तयारी

काठमाण्डौ, ३१ असार । माओवादी केन्द्रले प्रदेश २ को स्थानीय निर्वाचनका लागि केन्द्रीय तहबाटै ‘अभियानात्मक तयारी’ गर्ने भएको छ ।

२ साउनदेखि सुरु हुने केन्द्रीय सचिवालयको विस्तारित बैठकलगत्तै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष नेताले मधेस झरेर निर्वाचन तयारी गर्न लागेका हुन् । मधेसमा कांग्रेस–एमालेभन्दा ठूलो शक्ति बन्न माओवादीले विशेष कार्ययोजना अघि बढाउने जनाएको छ । शिष्टिीकृत योजना नबनाउँदा पार्टी यसअगाडिका निर्वाचनमा पराजित भएकाले यसपटक सबै शीर्ष नेता मधेसमै परिचालित हुनेगरी योजना बनाउन लागेको प्रदेश २ का इन्चार्ज मात्रिका यादवले बताए ।

हेडक्वार्टरकै केही नेता भने मधेसमा खटिइसकेका छन् । पर्सामा उर्मिला अर्याल, रौतहट–बारामा प्रभु साह, महोत्तरी र सर्लाहीमा गिरिराजमणि पोखरेल, धनुषामा मात्रिका यादव तथा सिरहा र सप्तरीमा विश्वनाथ साह जिम्मेवारीसहित खटिएको हाेमधेसका ८ जिल्लाका १२७ स्थानीय तहमा २ असोजमा निर्वाचन हुँदै छ । यसअघि निर्वाचन भएका ६ प्रदेशका ६१७ स्थानीय तहमध्ये माओवादीले ८४ वटा प्रमुख पद जितेको थियो । याे खबर अन्नपूर्ण पोस्ट छ ।