निर्वाचन आयुक्तलाई १५ करोडको गाडी

काठमाण्डौ, ३१ असार । करोडौं मूल्यका गाडी हुँदाहुँदै निर्वाचन आयोगले प्रमुख आयुक्त र चार आयुक्तका लागि करिब १५ करोडका बिलासी गाडी किन्ने प्रक्रिया अघि बढाएको छ ।

निर्वाचन पिच्छे करोडौंका गाडी खरिद गर्दै आएको आयोगले यसपटक पनि प्रमुख आयुक्त संगै चार आयुक्तका लागि कार खरिद प्रक्रिया अघि बढाएको हाे । संसद्बाट आर्थिक वर्ष ०७४/ ७५ को बजेट पारित भएकै भोलिपल्ट शुक्रबार आयोगले गोरखापत्रमा सार्वजनिक सूचना प्रकाशित गर्दै पाँचवटा एसयुभी (स्पोटर्स युटिलिटी भेइकल) कार खरिदका लागि बोलपत्र आह्वान गरेको हो ।

एसयुभी सुरक्षित र अत्याधुनिक गाडी मानिन्छ । एउटा एसयुभी कारको मूलय दुई करोड ३० लाखदेखि ३ करोड रुपैयाँसम्म पर्छ ।स्मरणीय छ, यसअघि गाडी किन्ने विषयमा आयोगका सचिव गोपीनाथ मैनालीले असहमति जनाएपछि उनको सरुवा नै गरिएको थियो । याे खबर नागरिक दैनिकमा छ ।