September 23, 2017

चालु अार्थिक बर्षमा स्थानिय विकास मन्त्रालयकाे ९९. १ प्रतिसत बजेट खर्च

काठमाण्डौ, ३० असार ।  संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले चालू आर्थिक बर्षको कुल बिनियोजीत बजेटमध्ये ९९ दशमलव १ प्रतिशत चालु खर्च भएको जनाएको छ ।
शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दे उपप्रधान एवं स्थानीय बिकास मन्त्री बिजय कुमार गच्छदारले पुजीगत तर्फ ७२ दशमलव ८७ प्रतिशत खर्च भएको समेत बताए ।

त्यस्तै बेरुजु फछ्र्यौट ४८ दशमलव ६० प्रतिशत भएको मन्त्रालयले जनाएको छ । चालू आर्थिक बर्षमा भएका प्रगती बिवरण सार्वजनिक गर्दे मन्त्रालयले पूर्वाधार विकास तथा सामाजिक सुरक्षा लाभग्रहीतर्फ महत्वपूर्ण कार्य सम्पन्न भएको जनाएको छ । पत्रकार सम्मेलनमा मन्त्री गच्छदारले संविधानले परिकल्पना गरेअनुसारको प्रदेश र संघिय तर्फको निर्वाचन स्म्पन्न गर्नका लागी आवश्यक कानुन र अन्य संसोधन गर्नुपर्ने स्थानीय तहको बिद्ययेक तयार भईसकेको भन्दै छिटै दलिय सहमतिपछि अघि बढाईने जानकारी दिए ।
पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव दिनेश थपलियाले स्थानीय तहको प्रशासनिक सुधारका लागी कार्य जारी रहेको बताए । उनले स्थानीय तहमा कर्मचारीहरु समायोजन हुने  जानकारी दिए ।
त्यस्तै पत्रकार सम्मेलनमा मन्त्रालयका बिभागीय प्रमुखहरुले आर्थिक बर्षमा भएका कामकारवाहीका बिषयमा जानकारी गराएका थिए ।