August 17, 2017

डिपिल अन्तर्गत दोस्रो खेलमा विराटनगर किङ्स ८ विकेटले विजयी

काठमाण्डौ, ३१ चैत्र । आज भएको दोस्रो खेलमा ९३ रनको झिनो लक्ष्य पाएपछि विराटनगर किङ्सले सिवाइर्एसी अत्तरियालाई ८ विकेटले हराएको छ ।

टस जितेर ब्याटिङ् रोजेको अत्तरियाको पारी लरखराएपछि राम्रो योगफल खडा हुन सकेन र हार बेहोर्नुपर्यो ।अत्तरियालाई ९२ रनमा समेट्न विराटनगर किङ्सका सन्दीप लामिछानेले ३ विकेट लिए । त्यस्तै जीतेन्द्र मुखियाले २ र दीपेन्द्रसिंह ऐरी र सुशिल कँडेलले समान १–१ विकेट लिए । अत्तरियाका ३ खेलाडी रनआउटकाे चपेटामा परेका थिए ।

लक्ष्य पछ्याउने क्रममा विराटनगर किङ्सले ११.५ ओभरमा २ विकेटको क्षतिमा ९३ रन बनाएको हो । उसका लागि आरिफ शेखले ४६ र दीपेन्द्रसिंह ऐरीले २६ रनको नटआउट पारी खेले । अत्तरियाबाट अभिनाष बोहरा र शशी केशरीले सान्त्वनाका रुपमा १–१ विकेट हात पारे ।