Breaking News

तस्करीमा संलग्न रहेको आरोपमा रौतहटमा एकजना असई निलम्बन

प्रविण टिबडेवाल/ रौतहट, २९ असार । भारतबाट अवैद्य रांगा तथा भैँसीको तस्करीमा संलग्न रहेको आरोपमा रौतहटमा एकजना असई निलम्बनमा परेका छन् ।

व्यवसायी र प्रहरीहरुको आर्थिक मिलेमत्तोमा भारतको विभिन्न नाका हुंदै रौतहटको ब्रह्मपुरी र बडहर्वा नाकाबाट व्यापक रुपमा अवैद्य रांगा र भैंसीको तस्करी भईरहेको समाचार प्रसारण भएपछि रौतहटको प्रहरी चौकी बडहर्वाका असई हरेन्द्र राउत कुर्मी निलम्बनमा परेका हुन् । तस्करीको रांगा र भैँसीलाई तस्करहरुसित मिलेर रौतहट र्पुयाउन असई कुर्मीले सहयोग गरेको अनुसन्धानबाट देखिएकाले उनि निलम्बनमा परेका हुन् ।

मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौँडाको पत्रको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटले असई कुर्मीलाई निलम्बन गरेको हो । गत असार १६ गते सीमावर्ती भारतीय बजारबाट तस्करहरुले खरीद गरेको भैंसी र रांगा रौतहटको बडहर्वा नाकाबाट पैसा लिएर भित्रयाएको प्रमाण सहित समाचार विभिन्न संचारमाध्यममा प्रसारण भएको थियो ।

shares