September 26, 2017

सरकारको मुख्य सचिवमा राजेन्द्र किशोर क्षेत्री नियुक्त

काठमाण्डौ, २९ असार । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सरकारको मुख्य सचिवमा राजेन्द्र किशोर क्षेत्रीलाई नियुक्त गरेको छ ।

वरिष्ठ सचिवमध्येबाट क्षेत्रीलाई मुख्य सचिवमा नियुक्त गरिएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । मुख्य सचिव सोमलाल सुवेदी एसियाली विकास बैंक (एडिबी)को उपकार्यकारी निर्देशक बनेर काजमा फिलिपिन्सको मनिला गएपछि मुख्य सचिव पद रिक्त रहेकाे थियो ।

कानुन सेवाबाट प्रशासनमा आएर सचिव बनेका क्षेत्री गरीबी निवारण तथा सहकारी मन्त्रालयकाे दरबन्दीमा थिए ।क्षेत्रीको कार्यकाल पनि लामो हुने छैन उनको ५८ वर्ष उमेर हदका कारण उनले कार्तिक ८ गते अनिर्वाय अवकास पाउनेछन् ।