September 26, 2017

आज आदिकवि भानुभक्त आचार्यको २०४ औं जन्मजयन्ती

 

काठमाण्डाै, २९ असार । नेपाली भाषाका आदिकवि भानुभक्तको २०४ औं जन्मजयन्ती जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाईदैं छ ।

आदिकवि आचार्यको जन्म तनहुँको चुँदी रम्घामा  वि.सं.१८७१ असार २९ गते भएको थियो । बाबु धनञ्जय आचार्य र आमा धर्मावती देवीका एकमात्र छोरा भानुभक्तको शिक्षादीक्षा बाजे श्रीकृष्ण आचार्यको रेखदेखमा भएको थियो । उनले भारतको वाराणसीमा पनि केही समय शिक्षा लिएका थिए । भानुभक्तले रामायणलाई नेपालीमा भावानुवाद गरेका थिए ।

उनका बधुशिक्षा, प्रश्नउत्तर, भक्तिमाला, रामगीतालगायतका कृति सदावहार रुपमा चर्चित छन् । भानुजयन्तीलाई विश्वभर रहेका नेपाली भाषीहरुले राष्ट्रिय चाडकै रुपमा मनाउँछन् । उनी आशुकवि पनि हुन । जहाँ जुन प्रसंग आउँछ तत्काल कविता रच्न सक्ने क्षमता भएका आदिकवि आचार्यको  उनको निधन १९२५ मा भएको थियो ।

भानुजयन्तीको अवसरमा भानु प्रतिष्ठानले बिहीबार प्रभातफेरी र प्रज्ञा प्रतिष्ठानमा रहेको आदिकविको शालिकमा माल्यार्पण गर्दैछ। यस्तै राष्ट्रिय नाचघरले संगीत लहरी कार्यक्रम आयोजना गर्दैछ । नेपालीभाषीको बहुलता रहेका भारतका विभिन्न भागमा पनि कार्यक्रम गरी भानुभक्त आचार्यको सम्झना गरिँदैछ।