August 23, 2017

नेपाल र चीनबीच सम्बन्ध स्थापित भएको अवसरमा ललितपुरमा थाङ्का प्रर्दशनी सुरु

काठमाण्डौ, १३ वैशाख । नेपाल र चीनबीच सम्बन्ध स्थापित भएको अवसरमा बुधबारबाट ललितपुरमा थाङ्का प्रर्दशनी सुरु भएको छ ।

प्रर्दशनीमा नेपाल र चीनको सम्बन्ध झल्कने सांस्कृतिक तथा ऐतिहासिक थाङ्का राखिएको छ । प्रदर्शनीको उद्घाटन गर्दे सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले चीन र तिब्बतको ऐतिहासिक सम्पदाको महत्वका बिषयमा जानकारी दिन प्रर्दशनीले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

चीनको तिब्बतबाट सुरु भएको थाङ्का लेखन नेपालमा पनि फैलिएको छ । प्रदर्शनीमा नेपाल र चीनका कलाकारहरुले कोरेका थाङ्का राखिएको छ ।