September 23, 2017

बसुन्धारमा रहेको राप्ती म्यानपावर कम्पनीले पठाएका १५ जना कामदार कतारमा अलपत्र

काठमाण्डाै, २८ असार । वैदेशिक रोजगारीको शिलशिलामा कतार गएका १५ जना नेपाली कामदारहरू अलपत्र परेका छन् ।

विमानस्थलमा क्लीनरको काममा भनेर गएका खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाका उमेश कट्वाल र प्रदिप राई सहित १५ जना अलपत्र परेका हुन् । काठमाण्डौकाे बसुन्धारमा रहेको राप्ती म्यानपावर प्रालीले १ लाख १० हजारदेखि २ लाख ६५ हजार सम्म पैसा लिएर कतारमा पठाइ विगत तिन महिना देखि अलपत्र पारिरहेको छ ।

साथै यसरी नेपालीहरूलाई नै नेपालीले अलपत्र पारेको खबर आफुहरूले पाएपछि कतारको ओखरा भन्ने ठाउँमा गई पीडितहरुका समस्या बाहिर ल्याई सम्बन्धित निकाय समक्ष पुर्‍याउन आफुहरू लागि परेको र निज राप्ति म्यानपावरका मालिक भन्ने रविन्द्र अधिकारी कतारमा एक प्रतिष्ठित ब्यवसायी समेत रहेको नयाँ शक्ति कतारका संयोजक बिबि खरालले बताए।

यसरी नेपालीहरू दिनानुदिन अलपत्र परेको खबर बाहिर आईरहँदा नेपाल सरकार तथा राजदुतावास मौन रहनु तथा अलपत्र पार्ने कम्पनीलाई समयमै कारबाही गर्न नसक्नुको कारणले गर्दा नै बारम्बार दोहोरिने गरेको र यस्ता खालका घटनाहरू बारम्बार नदोहोरिनको लागी नेपाली राजदुतावासले समेत विशेष पहल गर्न आवश्यक रहेको उनले बताए ।