Breaking News

रसुवाकाे दरमुकाम धुञ्चेमा राहत लिन अाएका रथ बहादुर गुरुङकाे निधन

रसुवा, २८ असार । राहत लिन रसुवाकाे सदरमुकाम धुञ्चे पुगेका एक द्वन्द्व पिडितकाे निधन भएको छ ।

मृत्यु हुनेमा उत्तरगया गाउँपालिका वडा नम्बर ३, ठूलोगाउँका ४५ वर्षीय रथबहादुर गुरुङको रहेकाे  जिल्ला जनस्वास्थ्यका प्रमुख चिकित्सक झलक शर्मा गौतमले जनाएका छन् । उनकाे उपचारकाे क्रममा ज्यान गएकाे हाे । द्वन्द्वकालमा तत्कालीन राज्य र विद्रोही पक्षबाट पीडित भएको प्रमाणित भएका कारण उनी राहतका लागि आवेदन दिन आएको बेला उनलार्इ अचानक ज्वरो आई अस्पताल पुर्‍याइएको बताइएको छ ।

सोमबार आवेदन बुझाएका गुरुङले मङ्गलबार द्वन्द्वपीडितको परिचयपत्र पाउने क्रममा थिए ।  उनका दाजुभाइले अस्पताल पुर्‍याएलगत्तै स्वास्थ्य परीक्षण गर्ने क्रममा गुरुङको निधन भएको जिल्ला जनस्वास्थ्यका प्रमुख चिकित्सक  गौतमले जनाए ।

उनको फोक्सो–कलेजोले काम गर्न छोडी अन्तिम क्षणमा भेटिएकाले बचाउन नसकिएको चिकित्सक गौतमले बताए । मृतक गुरुङ  विपन्न परिवारका व्यक्ति भएकाले उनका आश्रित परिवारलाई आर्थिक सहयोगको व्यवस्था गर्न सरोकारवाला निकायसमक्ष स्थानीय बासिन्दाले  आग्रह गरेका छन् ।

shares