विपन्नको हितमा खर्चनुपर्ने रकम सक्न विदेश भ्रमण

काठमाण्डौ,२८ असार । विपन्नको हितमा खर्चनुपर्ने रकम दुरुपयोग गर्दै कतिपय अधिकारी अहिले विदेशमा घुमफिर गरिरहेका छन् , कति फर्किइसकेका छन् भने, कतिपय जाने तयारीमा छन्।

बेरोजगार युवालाई सीपमूलक तालिम प्रदान गरी स्वरोजगार तथा उद्यमी बनाउन एसियाली विकास बैंक (एडीबी) ले दिएको अनुदानको ८० लाख रुपैयाँभन्दा बढी खर्चेर शिक्षा मन्त्रालयले उच्च अधिकारीहरुलाई हङकङ र अष्ट्रेलिया भ्रमणमा पठाउँदैछ । प्राविधिकलाई अध्ययनमा पठाउनुपर्नेमा भ्रमणको सहमति दिने शिक्षा र अर्थमन्त्रालय साथै योजना आयोगका उच्चपदस्थहरु विदेश घुम्न जान लागेका हुन् ।

सीप विकास परियोजना (एसडीपी) को अर्थमन्त्रालय, सीटीइभीटी र परियोजनाका लागि कर्मचारीसहित १९ जनाको जम्बो टोली बुधबार हङकङ जाँदैछ। एकजनाको भ्रमणका लागि करिब साढे २ लाख खर्च हुने एसडीपीले जनाएको छ।  याे खबर कान्तिपुर दैनिकमा छ ।