August 18, 2017

संविधान संशोधन प्रस्ताव समर्थन नगर्न राप्रपालाई एमालेकाे अाग्रह

संविधान संशोधन प्रस्ताव समर्थन नगर्न राप्रपालाई एमालेकाे अाग्रह

काठमाण्डौ,२७ असार । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संविधान संशोधन प्रस्तावलाई समर्थन नगर्न राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आग्रह गरेको छ ।
एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा अाज बसेको बैठकमा एमाले राप्रपासमक्षा दलिय सहमति बेगर आउने संसोधन प्रस्तावलाई समर्थन नगर्न आग्रह गरेको हो ।

बैठकमा एमाले अध्यक्ष केपी ओलीले मुलुकको परिवर्तनमा एमालेको भूमिकाको चर्चा गर्दे एमालेलाई बाहिर राखेर गरिने कुनै पनि प्रस्ताव मान्य हुन नसक्ने बताएका थिए । उनले संसोधन प्रस्तावलाई सर्वस्वीकार्य बनाएर अघि बढाउनुपर्नेमा समेत जोड दिए ।

बैठकपछि राप्रपा अध्यक्ष थापाले दुई दलबिच पछिल्लो राजनीतिक अबस्थाका बिषयमा छलफल भएको भन्दै एमालेलाई पनि साथ लिएर जानुपर्छ भन्ने पक्षमा आफुहरु रहेको बताए ।
यसअघि सोमबार बसेको एमाले स्थायी कमिटि बैठकले दलहरुबिचको सहमति खोज्ने प्रयास र संविधान संशोधनको औचित्यका बिषयमा अन्य दलहरुसंग छलफल गर्ने निर्णय गरेको थियो । एमालेले संसोधनका बिषयमा अन्य दलहरुसंग पनि छुट्टाछुट्टै छलफल गर्ने तयारी गरेको छ ।