July 26, 2017

तेक्वान्दो एक्स्पोमा सहभागी हुन नेपाली टोली काेरिया जादै

काठमाडौं २७ असार । दक्षिण कोरियामा हुने तेक्वान्दो कल्चरल एक्स्पोमा सहभागीका लागि  दुई सदस्यिय तेक्वान्दो टोली अाज कोरिया जाने भएकाे छ ।

दक्षिण कोरियाको मुजु शहरमा आगामी १३–१४ जुलाई सम्म  तेक्वान्दो कल्चरल एक्स्पोको खेलाडीमा गोपाल श्रेष्ठ र प्रशिक्षकमा रोशन खानकाे सहभागीता छ ।

खेलाडी गोपाल र प्रशिक्षक रोशन मंगलबार राती कोरिया प्रस्थान गर्दैछन् । उक्त तेक्वान्दो एक्स्पोमा गोपालले पुम्सेतर्फ नेपालको तर्फबाट चुनौती प्रस्तुत गर्नेछन् ।
त्यस्तै पाँचौँ डान प्राप्त गोपालले कुंगजाम र तेबेक अन्तरगतको पुम्सेमा प्रतिस्पर्धा गर्ने प्रशिक्षक रोशन खानले बताए । गोपाल सरिक सौराह तेक्वान्दो डोजाङका प्रशिक्षक समेत रहेकाले पुम्सेमा उनले राम्रो प्रदर्शन गर्ने खानले बताए ।

प्रशिक्षक खान चितवन जिल्ला तेक्वान्दो कार्यसमितीका सिनियर उपाध्यक्ष र खेलाडी गोपाल अर्का उपाध्यक्ष हुन् । खेलाडी गोपालले तयारी राम्रो गरेकाले प्रदर्शन राम्रो गर्दै देशका लागी पदक जित्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *