November 19, 2017

व्यवसायी राजकुमार श्रेष्ठकाे हत्यामा संलग्न युवती भारतबाट पक्राउ

दाङ २७ असार ।  दाङका प्रख्यात व्यवसायी राजकुमार श्रेष्ठको हत्या प्रकरणमा प्रयोग भएकी युवती पूजा घर्ती मगर सहित थप तीन जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

दाङ प्रहरीले तुलसीपुर ६ की पूजा घर्ती सहित अपहरण र हत्या योजनामा स‌लग्न सल्यान झिम्पे ४ का ३५ बर्षिय मानवहादुर भण्डारी, तुलसीपुर ६ बस्ने बर्ष ४० का टीकाराम घर्तीलाई भारतकाे हिमाञ्चल प्रदेशबाट प्रकाउ गरेकाे हो । पक्राउ परेकाे तीनैजनालाई अाज साँझ पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने दाङ प्रहरीले बताएकाे छ ।

प्रहरीले यस अघि तुलसीपुर १२ का २५बर्षिय कमल भन्ने अविरल महतारा, घोराही उपमहानगरपालिका वडा नम्वर १४  नँया बजारका ३८ बर्षिया जमा पुन, रोल्पा जम्मकोट १ घर भई हाल घोराही ४ बस्ने बर्ष ४० का रमेश भन्ने मनहादुर पुन र तुलसीपुर ६ बस्ने २३ बर्षिय  रुगत थापा मगरलाई पक्राउ गरिसेकेकाे छ ।

जेठ २६ गतेका दिन तुलसीपुर ६ की १७ बर्षिया पूजा घर्तीमगरले व्यवसायी श्रेष्ठलाई फोन गरि भेटघाट गर्न बोलाएको अनुसन्धानबाट खुलेकाे थियो । साँझ ७ बजे तिर नीजी कारमा घरबाट निस्केका श्रेष्ठ  सम्पर्क विहिन भएपछि उनकाे खाेजी भएकाे थियो ।

प्रहरीको खाेजी अनुसन्धानपछि अपहरणकारीहरुले श्रेष्ठलाई सल्यानको क्षत्रेश्वरी गाँउपालिका वडा नम्वर ४ झिम्पेरेन्जको लेक भञ्जाङमा पुर्याएका थिए । २९ गतेका दिन बेहोस भएका श्रेष्ठलाई अपहरण गर्ने सो समुहले बहोस भएकै अबस्थामा ढुङाले टाउकोमा प्रहार गरि हत्या गरेको पक्राउ परेका अभियुक्तहरुले बयान दिएका थिए ।

यस अघि प्रहरीले अपहरणकारीहरुलाई धादिङ,कास्की लगायतका स्थानबाट पक्राउ गरेकाे थियो ।अपहरणकारीले  श्रेष्ठको जेठ २९ हत्या गरि सकेपछि परिवारसंग ३ करोड  रुपैया फिरौती मागेका थिए ।