Breaking News

देउवाले संविधान संशोधनका लागि सहयाेग गर्न राखेकाे प्रस्ताव, एमालेले गर्‍याे अस्वीकार

काठमाण्डौ, २७ असार ।  प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनका लागि सहयाेग गर्न राखेकाे प्रस्ताव प्रमुख विपक्षी दल नेकपा एमालेले अस्वीकार गरेको छ ।

मंगलबार बिहान बालुवाटारमा बसेको तीन दलका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री देउवाले राजपालाई चुनावमा ल्याउन र संविधान कार्यान्वयनलाई सहज बनाउन संविधान संशोधन गर्नु पर्ने भन्ने प्रमुख विपक्षी  दल एमालेलाई आग्रह गरेका थिए । देउवाकाे गरेकाे उक्त अाग्रह  एमालेले ठाडै अस्वीकार गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सबै चुनावसम्म संशोधनलाई स्थगित गर्नु पर्ने र त्यसपछि खुला छलफल गर्न सकिने बताए । एमालेले साे प्रस्तावकाे अस्विकार गरेपछि  बैठकमा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले तीनवटा विकल्प दिएको थियो ।

संसदमा विचाराधीन विधेयक निर्णयार्थ पेश गर्ने, एमाले र राप्रपाको पनि सहमति अनुसार परिमार्जन गरेर संशोधन गर्ने र तेस्रो चरणको चुनावपछि एमालेसँगको सहमतिमा संशोधन विधेयक ल्याउने प्रस्ताव नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेका थिए । फेरी भाेली बस्ने गरि शीर्ष नेताहरुको बैठक विना निष्कर्ष टुंगिएका छ ।

shares