August 18, 2017

भारतमा विद्रोही समुहकाे हमलामा परी ७ जना तीर्थयात्रीकाे मृत्यु, १९ घाइते

काठमाण्डाै,२७ असार । भारत प्रशासित कास्मिरमा विद्रोही समूहकाे हमलामा परी सात जना  तीर्थयात्रीहरुकाे  ज्यान गएको छ । १९ जना घाइते भएका छन् ।

ज्यान गुमाउनेमध्ये पाँच जना महिला रहेका भारतीय सञ्चार माध्यमले जनाएका छन् । एक जना प्रहरी अधिकारीका अनुसार, “तीर्थयात्रीलाई आक्रमण गर्ने उद्देश्यले हमला नगरिएको तर दुई तर्फी गोली हानाहानको बीचमा तीर्थालु चढेको बस पनि फसेकोले तीर्थयात्रीहरुकाे पनि ज्यान गरकाे बताए ।

आक्रमणमा परेको बसमा कूल ५६ जना यात्रु सवार थिए र उनीहरु मध्ये धेरै गुजरात र केही महाराष्ट्र राज्यबाट आएको बताइएको छ । यो आक्रमण भएको झण्डै एक घण्टा पछि कास्मिरमा इन्टरनेट सेवा बन्द गरिएको छ । उक्त घटनाको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भत्सर्ना गरेका छन् ।