July 21, 2017

चार गन्तब्यमा उडान स्थगित, १ अर्ब नोक्सानी

काठमाण्डाै, २७ असार । हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको अवरोधका कारण राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले विभिन्न्न चार गन्तब्यमा उडान स्थगित गर्ने भएको छ ।

भाडामा ल्याउन लागिएको भुटान एयरलाईन्को जहाज पुरानो भएको भन्दै प्राधिकरणले रोक लगाएपछि निगमले दुई महिनाका लागि दोहा, क्वालालम्पुर, बैंग्लोर र नायाँ दिल्लीको उडान स्थगित गर्ने भएको हो । यसबाट निगमले १ अर्ब भन्दा बढी रकम नोक्सानी बेहोर्नुपर्ने हुन्छ । निगमले हाल उडान गरिरहेको बोइङ ७ सय ५७ जहाज सी-चेकका लागि सिंगापुर पठाउँदैछ ।

यसैसाता पठाउन लागिएको उक्त जहाजको चेकिङका लागि २ महिना समय लाग्नेछ । उक्त जहाजले उडान भरिरहेको स्थानका लागि  निगमले ग्लोबल टेन्डर  आव्हान गरेर भुटान एयरलाइन्सको जहाज भाडामा ल्याउने तयारी  गरिरहेको बेला  प्राधिकरणले रोक लगाएको हो । यो खबर कारोबार दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *