July 21, 2017

नेपालर र बंगलादेशकाे २३ वर्षमुनिको राष्ट्रिय फुटबल टोलीबीच भोली मैत्रीपूर्ण खेल हुदै

काठमाण्डाै, २६ असार । नेपालकाे २३ वर्षमुनिको राष्ट्रिय फुटबल टोली र बंगलादेशको २३ वर्षमुनिको राष्ट्रिय फुटबल टोलीबीच भोली मैत्रीपूर्ण खेल हुदैछ ।

एएफसी अण्डर २३ च्याम्पियनसिपको छनोट चरणको तयारीमा रहेका नेपाल र बंगलादेशबीच भोली एन्फा कम्प्लेक्स सातदोबाटोमा मैत्रीपूर्ण खेल हुन लागेको हो । भोलीको खेलमा नेपालले युएईमा खेल्ने योजना अनुरुपनै खेल्ने नेपाली टोलीका प्रशिक्षक राजु काजी शाक्यले बताएका छन् ।

आज आयोजित प्रिम्याच कन्फेरेन्स्मा कप्तान विमल घर्ती मगरले भोलीको खेल जितका लागि खेल्ने बताए । यता, बंगलादेशी टोलीका प्रशिक्षक एनड्रियु ओर्डले मैत्रीपूर्ण खेल छनोट चरणको तयारीका लागि लाभदायक हुने र आफुले नेपालको खेल शैली हेरेकोले भोलीको खेल कठिन हुने उनले बताएका छन् ।नेपाल र बंगलादेशले पछिल्लोपटक १२ औं दक्षिण एसियाली खेलकुदमा प्रतिस्पर्धा गरेका थिए ।

अण्डर २३ टोलीले नै खेलेको उक्त खेलमा नेपाल दुई – एक गोलले पराजित भएको थियो । यहि असार ३१ गतेदेखी युएईमा हुने छनोट चरणमा नेपाल रहेको समुह डि मा आयोजक युएई, उज्वेकिस्तान र लेवनान रहेका छन् । नेपालले आफ्नो पहिलो खेल आयोजक युएईस“ग असार ३१ गते ताहनन् विन मोहमद स्टेडियममा खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *