बाढी पहिरो पीडितहरुलाई उद्धार र राहतको व्यवस्था गर्ने संसदीय समितिले दियाे सरकारलाई निर्देशन

काठमाण्डाै, २६ असार । बाढी पहिरो  पीडितहरुलाई उद्धार र राहतकाे व्यवस्था गर्ने कामलाई प्रभावकारी रुपमा संचालन गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा सोमबार बसेको संसदको बिकास समितिले बाढी, पहिरो र डुवान पीडितहरुको राहत, उद्धार र क्षतिपूर्ति दिने कार्यमा ढिलाई नगर्न गृह मन्त्रालय, अर्थ मन्त्रालय, सिँचाई मन्त्रालय र राष्ट्रिय योजना आयोगलाइ निर्देशन दिएको हो । समितिले बाढी, पहिरो र डुवान पीडितहरुको तथ्यांक संकलन गरी राहत उपलब्ध गराउन, उनीहरुको बसोबासको उचित व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिएको समिति सभापति रविन्द्र अधिकारीले जानकारी दिए ।

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले विपद व्यवस्थापनका लागि आवश्यक योजना बनाइएको भन्दै जनशक्ति परिचालनमा केही समस्या देखिएपनि त्यसका लागि योजना र कार्यक्रमको भने अभाव नरहेको बताउए । समिति सदस्यहरुले बाढि, पहिरो र डुवान प्रभावितहरुको राहत, उद्धार र क्षतिपूर्तिको व्यवस्था गर्ने कामलाई प्रभावकारी ढंगले संचालन गर्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण पनि गराएका थिए ।