Breaking News

वीर अस्पताललाई मुना मेमोरियल ट्रष्टबाट १ लाख ८५ हजार बराबरको सामग्री प्रदान

काठमाण्डाै, २६ असार । मुना मेमोरियल ट्रष्टले १ लाख ८५ हजार बराबरको सामग्री वीर अस्पताललाई हस्तान्तरण गरेको छ ।

ट्रष्टले वीर अस्पतालमै कार्यक्रम गरी विरामीले प्रयोग गर्ने ३ सय ७० वटा गाउन अस्पताललाई हस्तान्तरण गरेको हो । उक्त सामग्री  पूर्व स्वास्थ्य मन्त्री गगन थापाले अस्पताललाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री थापाले वीर अस्पतालमा विरामीले उपचार नपाएर फर्कने अवस्था अन्त्य गराउन आग्रह गरेका छन् ।

आफू स्वास्थ्य मन्त्री हुँदा अस्पतालले मागेको सबै सामग्री उपलब्ध गराउने रकम प्रदान गरिसकेकाले अस्पतालले सबै पूर्वाधार र जनशक्ति राखेर उपचार प्रदान गराउनुपर्नेमा जोड दिए । कार्यक्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष डा. गणेश गुरुङले वीर अस्पताल आउने धेरै विरामीलाई सेवाका बिषयमा स्पष्ट जानकारी नहुदा समस्या भएको जानकारी दिए ।

shares