September 25, 2017

एमालेको स्थायी कमिटी बैठक बस्दै

काठमाण्डौ, २६ असार । दाेस्राे तहकाे चुनावी परिणामको समिक्षा र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न एमालेले स्थायी कमिटी बैंठक सोमबार अपरान्ह का लागि बोलाएको छ  ।

सत्ता सिन दलहरुले संविधान संशोधनको पक्षमा दुई तिहाई बहुमत पुर्‍याउने प्रयास गरिरहेका बेला एमाले छलफलमा जुटेको हो । पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा चुनावको पनि समिक्षा हुने महासचिव इश्वर पोखरेलले बताए ।एमालेले अन्तरघात र उम्मेदवारी चयनमा त्रुटी भएका कारण कम्तिमा ३० स्थानीय तहको प्रमुख गुमाउनु परेको प्रारम्भिक विश्लेषण गरेको छ ।

दोस्रो चरणको चुनावमा एमालेले १५० सिट जित्दा उपप्रमुख भने १७१ स्थानमा जितेको छ । चुनावको बिस्तृत समिक्षा पछि भए पनि परिणामको बारेमा छलफल हुने एमाले स्रोतले जनाएको छ । एमालेले स्थायी कमिटी बैठकबाटै संविधान संशोधनको बारेमा पनि आफ्नो अडान प्रष्ट पार्नेछ । एमालेले प्रदेश र संघीय संसदको चुनावका लागि तत्काल निर्वाचन क्षेत्र निर्धारण आयोग गठनको माग गरेको छ ।