September 25, 2017

सप्तरीका बाढीपीडितलाई रु २५ हजार राहात दिने सरकारको निर्णय

काठमाण्डौ २६ असार । सरकारले सप्तरीका बाढी पीडीतलाई तत्काल प्रतिपरिवार २५ हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
सिंहदरबारमा अाज बसेको मन्त्रीपरिषद् बैठकले बाढी पीडीतलाई टहरा निर्माण र जस्तापाता खरिदका लागि राहत उपलव्ध गराउने निर्णय गरेको हो ।

बैठकले पीडितलाई बसोबासको व्यवस्था गर्न १५ लाख रुपैयाँ सहुलियत ऋणको व्यवस्था गर्ने बारे प्रधानमन्त्री शेर वहादुर देउवाको प्रतिबद्धतालाई पनि अनुमोदन गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यस्तै बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकलाई व्यवस्थापिका संसदमा पेस गर्ने निर्णय गरेकाे छ ।मन्त्रीपरिषद् बैठकले प्रधानमन्त्रीको परराष्ट्र सल्लाहाकारमा दिनेश भट्टराईलाई नियुक्त गर्ने निर्णय समेत गरेको छ ।