September 23, 2017

तिनाउ खोलाले जीप बगाउदा ४ जना बेपत्ता

पाल्पा, २६ असार । जिल्लाकाे माथागढी-३ सराईस्थित तिनाउ खोलाले जीप बगाउदा ४ जना बेपत्ता भएका छन् ।

बिहेकाे भोज खाएर फार्किदै गरेका यात्रु बोकेको लु१ज १२१७ नम्बरको जीप हिजाेराति १२ बजे माथागढी-३ स्थित सराईबस्थित  तिनाउ खोलामा बगाएको प्रभास प्रहरी चौकी पाल्पाले जनाएको छ । बेपत्ता हुनेमा तानसेन– १ की २९ वर्षीया उषा श्रेष्ठ, माथागढी-१ का अन्दाजी ४० वर्षका तिलवीर गाहा, उनकी श्रीमती माया गाहा, ४० वर्षीय पदमबहादुर कवँर मगर रहेकाे प्रहरीले जनाएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा बेपत्ता खोजी कार्य जारी छ । तर, खोलामा पानीको बहाव निकै उच्च भएकाले खोजी कार्यमा समस्या भएको छ ।