November 17, 2017

झापाको अर्जुनधारा नगरपालिकाकाे मेयर एमालेलाई १५०औं जित

काठमाण्डौ, २६ असार ।  स्थानीय तह दोस्रो चरणको निर्वाचनमा नेकपा एमालेले झापाको अर्जुनधारा नगरपालिका जितेसँगै मेयर तथा अध्यक्ष पदमा १ सय ५० स्थानमा विजयी भएकाे छ ।

एमालेका उम्मेद्वार हरिकुमार राना १३ हजार ८ सय ७९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटत प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हेमराज खरेलले ९ हजार ६ सय ४१ मत प्राप्त गरेका हुन । यस्तै उपप्रमुखमा पनि  एमालेकी उम्मेद्वार कमला खतिवडा आचार्य १२ हजार ८ सय ३१ मत ल्याएर विजयी भइन । उनकी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेद्वार सरस्वती सिटौलाले १० हजार ५ सय ८९ मत प्राप्त गरेकी हुन् ।

दोस्रो चरणमा निर्वाचन भएका ३ सय ३४ मध्ये अब धरान उपमहानगरपालिकाको मात्रै मत परिणाम आउन बाँकी छ । ३सय३३ स्थानीय तहको नतिजा सार्वजनिक भइसक्दा एमालेले १ सय ५०, कांग्रेसले १ सय २२, माओवादीले ३८ तथा अन्य दलले २३ स्थानमा विजयी भएका छन। मतगणनाकाे क्रममा रहेकाे धरान उपमहानगरपालिकामा पनि एमालेले नै अग्रतामा रहेकाे छ ।