कवाडी बने महंगा कार

काठमाण्डाै, २६ असार । राजपरिवारका पूर्वसदस्य, पूर्वप्रधानमन्त्री तथा अन्य विशिष्ट व्यक्तिले प्रयोग गरेका महँगा मोटर गाडी सरकारी कार्यालयमा थन्किएका छन् ।

विभिन्न मन्त्रालयमा थन्क्याइएका मर्सिडिजसहितका करिब दुई दर्जन मोटर गाडी हालकै अवस्थामा सञ्चालनमा ल्याउन सकिने अवस्था छ । अन्य सवारी साधन भने मर्मत गरी सञ्चालनमा ल्याउन सकिने अवस्थामा भए पनि त्यसतर्फ कसैले चासो दिएको पाइँदैन ।

बरु, नयाँ सवारी खरिदमा ध्यान गएको पाइन्छ । अहिले राष्ट्रपतिको सवारी चलाउन राष्ट्रपति कार्यालयले सरकारसँग नयाँ गाडी किन्न प्रस्ताव गरेको विषयलाई एउटा उदाहरणका रुपमा लिन सकिन्छ । याे खबर नागरिक दैनिकमा छ ।