September 23, 2017

सिंहदरबार मन्त्री विहिन, सचिव पनि विदेश भ्रमणमा

काठमाण्डौ, २६ असार । मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबारमा कर्मचारीहरु भेटिन छाडेका छन् ।

एक महिनादेखि २३ मन्त्रालय मन्त्रीविहीन हुँदा सिंहदरबार परिसर सुनसानजस्तै देखिन्छ । विभिन्न मन्त्रालयका सचिव, सहसचिव, उपसचिव र शाखा अधिकृतहरु पनि विदेश भ्रमणमा जाने क्रम बढेको छ । असार मसान्तमा मन्त्रालयमा विभिन्न शीर्षकमा बाँकी रहेको बजेट सक्न उच्च पदस्थ कर्मचारी विदेश भ्रमणमा जाने गरेका हुन् ।

प्रधानमन्त्री कार्यालयका एक सचिव र सहसचिव यतिखेर विदेश भ्रमणमा छन् । सचिव रामकुमार आचार्यसहितको एउटा टोली हालै विदेश भ्रमणमा गएको छन् । याे खबर नयाँ पत्रिका दैनिकमा  छ ।