July 21, 2017

७० प्रतिशत विशेषज्ञ चिकित्सक फेल

काठमाण्डौ, २६ असार । नेपाल मेडिकल काउन्सिलको विशेषज्ञ दर्ता परीक्षामा करिब ७० प्रतिशत डाक्टर फेल भएका छन् ।

चिकित्सा शिक्षामा आधारभूत शैक्षिक कार्यक्रम पूरा गरी एमडी/एमएस/एमडीएसको विषयमा तीनवर्षे विशेषज्ञता हासिल गरेका २ सय ३७ मध्ये करिब ७० प्रतिशतले आफ्नो क्षमता सिद्ध गर्न सकेनन् । अघिल्लो पटक काउन्सिलले लिएको विशेषज्ञ चिकित्सक दर्ता परीक्षामा करिब ३० प्रतिशत फेल भएका थिए । ‘यसपटकका अधिकांश पहिले पनि अनुतीर्ण भएकाहरु हुन्,’ काउन्सिलका रजिष्ट्रार डा. दिलिप शर्माले भने, ‘२ सय ३७ परीक्षार्थीमध्ये ७१ जना मात्र पास भएका छन् ।

काउन्सिल स्रोतका अनुसार यसपटकको परीक्षामा चीनमा अध्ययन गरेका १ सय ३२ जना परीक्षामा सरिक भएकोमा १ सय ११ जना फेल भए । चीनमा पढेकामध्ये २० जनाले मात्र पास गर्न सके भने एकजना अनुपस्थित रहे । यस्तै बेलारुसबाट पढेर आएका दुईजान, किर्गिस्तानबाट पढेर आएका ६ जान र रुसबाट पढेर आएका १० जान फेल भए । नेपालबाट पढेका १८ जना मध्ये ८ जना फेल भए। फिलिपिन्सबाट पढेका ४० जनामध्ये २१ जना फेल भए ।

बंगलादेशबाट पढेर आएका १३ जनामध्ये ४ जना फेल भए । भारतबाट पढेर आएका ५ जनामध्ये एकजना र पाकिस्तानबाट पढेर आएका ६ जनामध्ये एकजना फेल भए । यसपटक रेडियोलजीमा सहभागी ६१ जनामा ५ जनामात्रै पास भएका छन् । गत वर्ष समेत रेडियोलजी विषयको विशेषज्ञ परिक्षा दिने ७३ जनामा १३ जनामात्रै पास भएका थिए । फेल हुनेहरुमा धेरैजसो चीन, फिलिपिन्स, बेलारुसलगायत बाहिरबाट पढेकाहरु थिए भने यसपटकसमेत यस्तै स्थिति देखिएको छ । याे खबर कान्तिपुर दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *