संविधान संशोधनको रट विदेशीकाे योजनामा : केपी अोली

काठमाण्डौ २५ असार । एमाले अध्यक्ष केपी ओलीले सत्तापक्षले फेरि संविधान संशोधनको रट लगाउन थालेको भन्दै विदेशीले डिजाइन गरेको त्यो प्रस्ताव कुनै हालतमा पास हुन नदिने बताएका छन ।

गृहजिल्ला झापामा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाइ दिन आज आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले हिमाल, पहाड र तराईलाई अलग गर्ने योजना सफल हुन नदिने बताए । उनले एमाले विरुद्ध विदेशीकै उक्साहटमा सत्ता गठबन्धन बनेको र त्यो गठबन्धलाई जनताले चुनावबाट परास्त गरेको तर्क गरे।

अध्यक्ष ओलीले अदालत, निर्वाचन आयोग जस्ता संवैधानिक अंगहरु सरकारको लाचार छाया बन्न लागेको भन्दै चिन्ता व्यक्त गरे । भरतपुर महानरपालिकाको प्रकरणमा अदालतले अहिलेसम्म फैसला दिन नसक्नु त्यसको उदाहरण भएको  अोलीकाे भनाई थियो । अध्यक्ष ओलीले दोस्रो चरणको स्थानीय चुनावमा धेरै ठाउँमा एमालेले एमालेलाई हराएको भन्दै अन्तरघातीलाइ कारवाही गर्ने चेतावनी दिए ।