September 25, 2017

परराष्ट्र नीति निर्माणमा कार्यदलले काम गरिरहेकाे परराष्ट्र मन्त्रीकाे भनाई

काठमाण्डौ २५ असार । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले परराष्ट्र नीतिमा स्पष्टता र एकरूपता ल्याउन कार्यदल बनाई काम भइरहेको बताएका छन ।

संसद्को आइतबारको बैठकमा विनियोजन विधेयक, २०७४ अन्तर्गत मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिदै महराले यस्तो जानकारी दिएका हुन । मुलुकको परराष्ट्र नीति राष्ट्रको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र पञ्चशीलका सिद्धान्तका आधारमा सञ्चालन हुदै आएको भन्दै उनले  कार्यदलले काम गर्ने बताए ।

मन्त्री महराले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको उन्नाइसौं १९औं शिखर सम्मेलन गर्न कूटनीतिक तहमा वार्ता भइरहेको जानकारी दिए ।

बैठकमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्धारित समयमै बजेट आएकाले साउन १ गतेदेखि बजेट पूर्ण रूपमा कार्यान्वयनमा जाने बताए ।

पु“जीगत खर्च नहुनु चुनौतीको विषय भएको भन्दै  मन्त्री कार्कीले मुलुकको अर्थतन्त्रलाई गतिशील राख्न पूजीगत खर्च जरुरी रहेको धारणा व्यक्त गरे ।