काश्मिरमा गोली चल्दा ७ जनाकाे मृत्यू

काठमाण्डौ २५ असार । भारत र पाकिस्तानको सीमा क्षेत्र कस्मिरमा रहेको नियन्त्रण रेखामा गोली चल्दा सात जनाको मृत्यु भएको छ ।

सीमा क्षेत्रमा भएको गोली हानाहानमा सात जनाको मृत्यु भएको सरकारी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

पाकिस्तानको चिडी कोट सेक्टरमा भएको गोली हानाहानमा एक महिलासहित चार जनाको मृत्यु भएको पाकिस्तानी अधिकारीहरुले जनाएका छन् । यस्तै शनिबारै नकयाल सेक्टरमा भारतीय सेनाको गोली लागेर अर्की एक महिलाको पनि मृत्यु भएको छ ।

यस्तै पाकिस्तानी सेनाले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको भारतीय अधिकारीले बताएका छन् । एक वर्षअघि भारत प्रशासित काश्मिरमा हिज्जबुल मुजाहिदिनका कमाण्डर बुरहान बानीको प्रहरीको गोली लागेर ज्यान गएपछि काश्मिरमा तनाव भइरहेको छ । झडप नियन्त्रणमा लिनका लागि प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ ।