July 21, 2017

अमेरिका जी ट्वान्टीबाट बाहिरियो

काठमाण्डौ २५ असार ।अमेरिका जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौताबाट बाहिरिएको छ ।

जी ट्वान्टीमा सामेल २० राष्ट्र मध्ये १९ राष्ट्रले सम्झौताप्रति पुनः प्रतिबद्धता जनाएका छन । अमेरिकाले भने सम्झौता अमेरिकी हित बिपरित रहेको भन्दै बाहिरिने निर्णय गरेको हो ।

हेम्बर्गमा जारी जी ट्वान्टी सम्मेलनको अन्तिम दिन जी ट्वान्टीका १९ वटा राष्ट्रले अमेरिका बाहिरिने निर्णय स्वीकार गरेका छन् । ती राष्ट्रले संयुक्त बक्तव्य जारी गर्दै सम्झौताबाट बाहिरिने अमेरिकी निर्णयलाइ स्वागत गरेको उल्लेख गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने सम्झौता अमेरिकी हितविपरीत रहेको बताउ“दै कोइला उद्योगलाइ पुनर्जिवित गर्ने बताएका छन । जर्मन चान्सलर एंगेला मर्केलले ट्रम्पको फैसलाको निन्दा गरेकी छन । यसअघि जलवायु परिवर्तन सम्झौतामा एकबद्ध हुन भन्दै हेम्बर्गसमा हिंसात्मक प्रदर्शन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *