August 17, 2017

‘एचपी ब्रान्ड’ का ३ अत्याधुनिक प्रिन्टरहरु सार्वजनिक

गुञ्जन राज गिरी /  काठमाण्डौ, १२ वैशाख । ‘काल्ड्रोन ग्राफिक्स नेपाल’ प्राइभेट लिमिटेडले काठमाण्डाैमा एक कार्यक्रमकाे अायाेजना गरी विश्वविख्यात एचपी ब्रान्डका लार्ज फर्म्याट ३ प्रिन्टरहरु नेपाली बजारमा आज देखि उपलब्ध गराएको छ । सार्वजनिक भएका ३ प्रिन्टरहरु एचपी ३१५, एचपी ३३५ र एचपी ५६० हुन् ।

प्रिन्टिङ संसारमा विभिन्न विकसित देशहरुका उत्कृष्ट मोडलहरु बिक्री वितरण गर्दै आएको काल्ड्रोन ग्राफिक्स नेपालले नयाँ वर्षको अवसरमा एचपी ब्रान्डका प्रिन्टरहरु लन्च गरेको हो । विगत १० वर्षदेखि विज्ञापनको क्षेत्रमा सेवा प्रदान गर्दै आएको कम्पनी एचपी ब्रान्डका प्रिन्टरहरुको आधिकारिक बिक्रेता पनि हो ।

नेपाली बजारमा सुहाउँदो मूल्य निर्धारण गरिएको कम्पनीले जनाएको छ । साथै यो प्रिन्टरमा प्रयोग गरिएको ‘लेटेक्स इन्क ग्रिन गार्ड सर्टिफिकेसन’ जुन संसारकै एक मात्र मसी हो । यस्तो मसी प्रयाेग गरिएका प्रिन्टरहरु अस्पताल, घर, विद्यालयहरुमा राख्न सकिनेछ । सामान्य फोटोकपि पेपरदेखि रेक्जिन र छालामा समेत प्रिन्ट गर्न सकिने कम्पनीले जनाएको छ । उच्च गुणस्तरको लेटेक्स प्रिन्टिङका कामहरुका लगि निकै उपयोग हुने कम्पनीको दाबी छ ।