आठ वर्षीया बालिकालाई बलात्कार गरी फरार किशोर दिल्लीबाट पक्राउ

कञ्चनपुर, २५ असार । आठ वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेका कञ्चनपुर वेदकोट–७ गाउजीका १७ वर्षीय हिमाल बमलाई भारतको राजधानी नयाँ दिल्लीबाट प्रहरीले पक्राउ गरेको छ ।

गएकाे मंगलबार घरमा एक्लै भएको मौका पारि बमले ८ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएका थिए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी सहायक निरीक्षक महादेव भट्ट नेतृत्वको प्रहरी टोलीले अभियुक्त बमलाई दिल्लीस्थित आफन्तको डेराबाट पक्राउ गरेको हो ।

बमलाई पक्राउ गर्न भारतीय प्रहरीको पनि सहयोग मिलेको प्रहरी सहायक निरीक्षक भट्टले जानकारी दिए । बालिकालाई निरन्तर रक्तस्राव भएपछि आफन्तले घटनाबारे थाहा पाएका थिए । बालिकाकाे कोहलपुरस्थित मेडिकल कलेजमा उपचारपछि घर फर्काइएको छ । अभियुक्त बमलाई जबर्जस्ती करणी अपराधअन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।