Breaking News

उपत्यकाकाे ट्राफिक जाम हटाउन बाहिरबाट आउने गाडी चक्रपथ बाहिरैः गृहमन्त्री शर्मा

काठमाण्डौ,२५ असार । गृहमन्त्री जनार्दन शर्माले काठमाण्डौ उपत्यकाकाे प्रमुख समस्याकाे रूपमा रहेकाे ट्राफिक जाम हटाउने प्रायस भइरहेको बताए ।

उक्त समस्याकाे १५ दिनभित्र बिस्तृत योजना बनाउने र २-३ महिनाभित्रै पुर्ण कार्यन्यान गर्ने प्रतिबदता व्याक्त गरेका छन् । आइतबार ब्यवस्थापिका संसदमा बिनियोजन विधेयक ०७४ बारे गृह मन्त्रालयले सम्वन्धित विषयहरुमा जवाफ दिँदै भने, सरोकारवाला निकायहरुसँगको छलफल गर्ने र १५ दिनभित्र अाेजना तयार गरेर २-३ महिनाभित्र पुर्ण रुपमा सफल हने गरि प्रक्रिया अघि बढेकाे बताए ।


उक्त विषयमा ट्राफिक प्रहरी प्रमुख मिङ्मार लामासँग आइतबार छलफल गरे लगत्तै संसदमा बाल्दै गृहमन्त्री शर्माले उपत्यका बाहिरबाट आउने गाडीहरु शहरको भित्री भागसम्म पुग्ने कार्यलाई रोकेर चक्रपथ बाहिरै राख्नेगरी छलफल अगाडि बढेको जानकारी दिए । ट्राफिक प्रहरी परिचालन गर्नेबाहेक अन्य अधिकार गृह मन्त्रालयसँग नभएकाले सबै विभागिय प्रमुखहरुलाई राखेर एउटा ब्यवस्थित अाेजना निर्माणको काम जनाएका छन् ।

सडक तथा पसल अगाडि अब्यवस्थित पार्किङ गर्नाले पनि सडक जाम बढेको  र जथाभावि पार्किङ गर्नेलाई दण्डीत गर्नका लागि आवश्यक तयारी गर्नुपर्ने बताए । उनले यस्तै अर्का प्रसंगमा नेपालमा भूकम्पकाे कारणले जेलकाे  अवस्था जिर्ण रहेकाे जेललाई सुधार गर्नका लागि त्यहाँ भित्र रहेका मान्छेहरुलाई श्रमसँग जोड्ने ब्यवस्थालाई पनि अगाडि बढाउनुपर्छ ।

’ जेलमा कम भन्दा कम मान्छे पर्ने ब्यवस्थाका लागि शान्ति सुरक्षा र कानुनको पालना गर्ने कुरामा जोड दिनुपर्ने उल्लेख गर्दै उनले भने, ‘मैले प्रस्तुत गरेको ८४ बुँदे गृह प्रशासन सुधार मार्गचित्रमा जेलहरुमा कैदी बन्दीको संख्याका आधारमा स्वास्थ्य चौकी, उपकेन्द्र बराबरको सेवा गर्ने र सरकारले उपचारको ब्यवस्था गर्ने कुरा अगाडि सारेको र त्यसलाई कार्यान्वयन गरिँदै लगिनने बताएका हुन ।’

 

shares