September 20, 2017

सल्यानमा यात्रु बाहक बस दुर्घटना २ जनाको मृत्यु, २८ जना घाइते

सल्यान,२५ असार । सल्यानकाे सल्लेखोलामा यात्रु बाहक बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । २८ जना घाइते भएका छन् ।

आइतबार बिहान दाङबाट रुकुमाकाे लागी छुटेकाे ना ४ ख ५७५४ नम्बरको बस  सल्यानको त्रिवेणी गाउँपालिका–५ सल्लेखोला नजिकै दुर्घटना भएको हो । उक्त दुर्घटनामा परि ज्यान गुमाएका दुईजना कै पहिचान नखुलेकाे  प्रहरीले जनाएको छ ।

घाइतेको २८ जना मध्य केहिकाे जिल्ला अस्पताल खलंगामै उपचार भइरहेको छ भने केहीलाई उपचारको लागि दाङ र नेपालगञ्ज रेफर गरिएको छ । बस सडकबाट झण्डै ५० मिटर तल झरेको छ   भने दुर्घटनाकाे कारण खुल्न नसकेकाे प्रहरीले जनाएको छ ।