माओवादी केन्द्रलार्इ बाबुराम बहिर्गमनकाे धक्का,

काठमाण्डौ, २५ असार । डा. बाबुराम भट्टराईको बहिर्गमनका कारण माओवादी केन्द्रले दुई दर्जनभन्दा बढी स्थानीय तह गुमाउनु परेको छ ।

गोरखा, रसुवा, धादिङ, लमजुङ, सिन्धुली र पूर्वका केही पहाडी जिल्लामा नयाँ शक्ति पार्टीकै उम्मेदवारीका कारण माओवादी पराजित हुन पुग्यो । पहिलो चरणमा निर्वाचन भएका गोरखाका ८, रसुवाका ३, धादिङका २ तथा लमजुङ र सिन्धुलीका १/१ स्थानीय तहमा नयाँ शक्तिका कारण हार्नुपरेको निष्कर्ष माओवादी केन्द्रले निकालेको छ । त्यस्तै, दोस्रो चरणमा पनि मोरङ, धनकुटा, ताप्लेजुङलगायत पूर्वीपहाडी जिल्लाका १० भन्दा बढी स्थानीय तह नयाँ शक्तिकै कारण गुमाउनु परेको माओवादी नेताले बताएका छन् ।

‘बाबुरामजीको पार्टी त्याग र उहाँको पार्टीका कारण माओवादीले स्थानीय चुनावमा घाटा व्यहोरेको छ,’ माओवादी केन्द्रका नेता हितराज पाण्डेले भने, ‘बाबुरामजीले पार्टी नछाडेको भए गोरखा, रसुवालगायतका जिल्लाका प्राय स्थानमा हामीले सजिलै जित्न सक्थ्यौँ।’ स्थानीय तह निर्वाचनको समीक्षाका लागि माओवादीले २ साउनमा पार्टी सचिवालयको विस्तारित बैठक बोलाएको छ। याे खबर अन्नपूर्ण पोस्टमा छ ।