July 21, 2017

विराटनगर महानगरपालिकाकाे मेयर उपमेयरमा नेपाली कांग्रेस विजयी

माेरंग २५ असार । माेरंगकाे विराटनगर महानगरपालिकाकाे मेयर उपमेयरमा नेपाली कांग्रेस फराकिलो मतान्तरले विजयी भएकाे छ ।

शनिबार राति सम्पन्न मतगणनामा कांग्रेसका उम्मेद्वार भीम पराजुली २३ हजार ३१ मत ल्याएर  विजयी भएका हुन् ।  उनका प्रतिस्पर्धी नेकपा एमाले र फोरम लोकतान्त्रिक गठबन्धनका विनोद ढकालले १७ हजार ३ सय २१ मत प्राप्त गरे छन भने तेस्रो स्थानमा रहेका माओवादी केन्द्र र संघीय समाजवादी फोरम गठबन्धनका प्रमुखका उम्मेदवार उमेश यादवले १४ हजार ९ सय ८५ मतपाएका छन ।

उपमेयरमा पनि कांग्रेसकी उम्मेद्वार इन्दिरा कार्की २० हजार १ सय ४६ मत सहित फराकिलाे मतान्तरले निर्वाचित भएकी छन । उनकी प्रतिद्वन्द्वी माओवादी केन्द्रकी नमिता न्यौपाले ११ हजार ५ सय २४ मत प्राप्त गरेकी छन्  भने  एमालेको समर्थनमा उपप्रमुखको उम्मेदवार रहेकी नेपाल लोकतान्त्रिक फोरमकी सूची चौधरीले १० हजार ५ सय ३६ मत ल्याइन । १९ वडा रहेको महानगरमा १, ३, ४, ७, ८, ९ र १६ को वडाध्यक्ष कांग्रेसले जितेको छ भने संघीय समाजवादीले १२, १३, १४, १५, १७ र १८ नम्बरको वडाध्यक्ष जितेको छ ।

यस्तै एमालेले २, ५ र ११ नम्बरको वडाध्यक्ष, माओवादीले ६ नम्बर र स्वतन्त्रले १९ र १० नम्बरको वडाध्यक्षमा जित निकालेको छ । महानगरमा निर्वाचित ९७ जना प्रतिनिधिमा कांग्रेसको मेयर, उपमेयर र ७ वडाध्यक्षसहित ४५, एमाले ३ वडाध्यक्षसहित १४, फोरम ६ वडाध्यक्षसहित २७, माओवादी १ वडाध्यक्षसहित ५ र स्वतन्त्र २ वडाध्यक्षसहित ६ जना निर्वाचित भएका छन् । वडा नम्बर १९ का कांग्रेसका बागी  उम्मेदवारले जितेका हुन् । यो समेत जोड्दा कांग्रेसको स्पष्ट बहुमत देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *