राष्ट्रपतिलाई कार किन्न १६ करोड माग

काठमाण्डाै, २५ असार । राष्ट्रपति कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका लागि गाडी किन्न सरकारसँग १६ करोड रुपैयाँ माग गरेको छ ।

त्यसो त सरकारले मोटर खरिदका लागि चार करोड रुपैयाँ उपलबध गराउने भने पनि राष्ट्रपतिको चाहना अनुसार रकम अपुग भएको भन्दै कार्यालयले गत साता रक्षा मन्त्रलायसँग थप १२ करोड रुपैपाँ मागेको हो । राष्ट्रपति कार्यालयले नेपाली सेनामार्फत गाडी खरिद गर्न लागेको हो । सेनाको प्रारम्भीक अनुमान अनुसार गाडी किन्न १८ करोड रूपैयाँ चाहिन्छ ।

सेनाले केही कार उत्पादन गर्ने कम्पनीसँग गरेको प्रारम्भिक छलफलका आधारमा यो निषकर्ष निकालेको हो । ‘राष्ट्रपति कार्यालयल रक्षा मन्त्रालयबाट आएको चार करोड रूपैयाँको प्रतिवद्धता कार खरिदका लागि अपुग भएको भन्दै त्यसमा थप १२ करोड रूपैयाँ माग गरेको हो,’ रक्षा मन्त्रालय उच्च स्रोतले भन्यो । यो खबर  नागरिक दैनिकमा छ ।