November 17, 2017

धनगढी उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी

कैलाली, २४ असार । कैलालीकाे धनगढी उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ ।

नेपाली कांग्रेसका उम्मेद्वार नृप वडले १४ हजार ३ सय २४ मत प्राप्त गरि जित हासिल गरेका छन ।  मतगणनाको सुरुवातमा अग्रता लिएका उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार गोपाल हमाल अन्ततः ११ हजार ५ सय २७ मत ल्याएर पराजित भएका छन् ।

यस्तै उपमेयरमा पनि नेपाली कांग्रेसकी उम्मेद्वार सुशीला भट्ट १७ हजार ४ सय ८ मत पाएर निर्वाचित भएकी छन् ।उनकी निकटम प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार रुक्मणी देवकोटा  १२ हजार ७ सय ६३ मत ल्याइन् । स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले पहिलेपटक  उपमहानगरपालिकामा  जित निकालेको हो ।