July 21, 2017

किन खुलेन भरतपुरको च्यातिएका मतपत्रको पोको ?

काठमाण्डौ, २४ असार । भरतपुर महानगरको वडा नम्बर १९ मा पुनः मतदान वा मतगणना भन्ने विवादको छिनोफानो सर्वोच्च अदालतले शुक्रबार पनि गर्न सकेन ।

अदालतको आदेशानुसार च्यातिएका मतपत्रसहितका सम्पूर्ण मिसिल असार १३ गते इजलासमा पेस भए पनि विवादको छिनोफानो भने लम्बिएको छ । च्यातिएको मतपत्रको पोको शुक्रबार पनि सर्वोच्चको इजलासमा खुल्न नसकेपछि कम्तीमा पनि आउँदो सोमबारसम्म भरतपुर प्रकरणको अन्तिम निर्णय आउने छैन ।

शुक्रबार मुद्दाको सुनुवाइको पेसी न्यायाधीशद्धय मीरा खड्का र अनिलकुमार सिन्हाको संयुक्त इजलासमा तोकिए पनि सुनुवाइको पालो आएन । पालो नआएपछि मुद्दा हेर्न नभ्याइने सूचीमा पर्‍यो । सर्वोच्च प्रशासनले मुद्दाको पेसी आउँदो सोमबारका लागि तोकेको छ । याे खबर गोरखापत्र दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *