September 23, 2017

यौन शक्ति बढाउनका लागि यी घरेलु उपाय अपनाउनुहोस्–

काठमाण्डौ, २३ असार । कतिपय मानिसहरु आफ्नो वैवाहिक जीवन खुशी बनाउनका लागि बजारमा मिल्ने यौनशक्ति बढाउने औधषीको सहारा लिने गर्दछन् । तर यो सरासर गलत हो किनकि यसको नकारात्मक प्रभावले कालान्तरमा पछुताउनुको विकल्प हुँदैन ।

यदि तपाईमा पनि शारीरिक दुर्बलता छ भने यसलाई घरेलु उपाय अपनाउन सकिन्छ । जसको प्रयोगबाट तपाईलाई राहत मिल्नेछ । यी हुन् ती घरेलु उपायहरु–

१. अमला

शरीरमा ताकत बढाउनका लागि अमला राम्रो उपाय हो । लगभग १० ग्राम हरियो र काँचो अमला महको साथ खाने गर्नुस् । यसको हरदिन सेवन गर्नुभयो भने यौनबल बढ्छ र शरीर पनि मजबुत हुन्छ ।

२. केरा

केराले कमजोर शरीरलाई पुष्ट र बलियो बनाउन मद्दत गर्दछ । बेलुकाको खाना खाएपछि केराको सेवन गर्दा यौन दुर्बलता खत्तम हुन्छ र शरीरमा ताकत पनि बढ्छ ।

३. कागती

कागतीको सेवनले शरीरमा कमजोरी दूर हुने गर्दछ र बेग्लै र नयाँ स्फुर्ति पैदा हुन मद्दत पुग्दछ । यसलाई नुन या चिनीको साथ पानीसँगै पिउनुहोस् ।

४. घिउ

यदि शरीरमा कमजोरीपनाको महशुस गर्नुभएको छ भने घिउको सेवन गर्नुहोस् । बेलुकाको खाना खाइसकेपछि घिउ र मह मिलाएर सेवन गर्नुहोस् । यसले स्मरण शक्तिमा नभई शरीरमा ताकत र वीर्य बढाउन मद्दत गर्दछ ।