अब ७ स्थानीय तहको मतपरिणाम आउन बाँकी

काठमाण्डौ, २३ असार । दोस्रो चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम अझै जारी छ ।

यही असार १४ गते १, ५ र ७ नम्बर प्रदेश अन्तर्गत ३ सय ३४ तहमा निर्वाचन भएकोमा ३ सय २७ स्थानको परिणाम आइसकेको छ । ७ स्थानको परिणाम आउन अझै बाँकी छ । निर्वाचनमा पछिल्लो मतपरिणाम अनुसार एमाले १ सय ४८ स्थानमा विजयी भएको छ । यस्तै कांग्रेसले १ सय १८ स्थानीय तहमा अध्यक्ष/प्रमुख पद जितेको छ । माओवादी केन्द्रले ३८ स्थानमा जित हासिल गरेको छ ।

त्यस्तै संघीय लोकतान्त्रिक ७ र लोकतान्त्रिक फोरम ६ तहमा विजयी भएका छन् । यस्तै राप्रपाले ३ र राष्ट्रिय जनमोर्चाले २ स्थानमा अध्यक्ष तथा प्रमुखमा विजय हासिल गरेका छन् । स्वतन्त्र ३ उम्मेदवारले पनि स्थानीय तहको प्रमुख बन्ने सौभाग्य पाएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार कञ्चनपुरकोे भीमदत्त नगरपालिकाको प्रमुखमा सुरेन्द्र विष्ट र उपप्रमुखमा कांग्रेसकी सुशीला सिंह विजयी भएका छन् ।