कपिलवस्तु नगरपालिकाका जनप्रतिनिधिले पनि शपथ ग्रहण गरे

खगप्रसाद चापागाई / कपिलवस्तु, २३ असार । कपिलवस्तु नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुले पनि पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

कपिलवस्तु नगरपालिकामा आज कार्यक्रम गरी मुख्य निर्वाचन अधिकृत विश्वमंगल आत्रेयले नगरप्रमुख किरन सिंह, उपप्रमुख लक्ष्मी कसौधन र १२ वडाका वडा अध्यक्षहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । त्यस लगत्तै नगरप्रमुख सिंहले ४८ नगर सदस्यहरुलाई शपथ खुवाए ।

सपथ ग्रहणपछि प्रमुख सिंहले निर्वाचनमा प्रतिस्पर्धी रहेकाहरूको सल्लाह लिएरै नगर विकासका गतिविधि अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विष्णु ढकालले बुद्धस्थलको संरक्षण गर्ने कार्यमा जनप्रतिनिधिको भूमिका महत्त्वपूर्ण हुने बताए ।