आगामी असोज ३० गते प्रदेशसभाको र मंसिरको पहिलो साता संसद्को निर्वाचन गर्ने तयारीमा आयोग

काठमाण्डौ, २३ असार । प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधीप्रसाद यादवले आगामी असोज ३० गते प्रदेशसभाको र मंसिरको पहिलो साता संसद्को निर्वाचन गर्ने गरी तयारी थालेको बताए ।

काठमाण्डौमा आज भएको कार्यक्रममा यादवले आगामी चुनावलाई प्रविधिमा आधारित बनाउन अध्ययनका लागि प्राविधिक समूहलाई भारत पठाएको जानकारी दिए । उनले कानून निमार्णकै बेलामा निर्वाचनको मिति तय गर्ने र सार्ने अधिकार आयोगलाई दिन अनुरोध गरे पनि सरकारले बेवास्ता गरेको गुनासो गरे ।

कार्यक्रममा पर्यवेक्षण संस्थाका अगुवाहरूले निर्वाचनलाई अझ बढी व्यवस्थित र प्रविधिमैत्री बनाउन सुझाव समेत दिए ।