October 20, 2017

स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगले खोटाङमा मतपत्र पठायो

दिलिप खत्री /  खोटाङ, १२ वैशाख । स्थानीय तहको निर्वाचनकाे मिति नजिकिएसँगै निर्वाचन आयोगले खोटाङमा मतपत्र पठाएको छ ।

स्थानीय तहको निर्वाचनको लागि खोटाङमा आज सेनाको हेलीकोप्टरबाट आवश्यक मतपत्र आयोगले पठाएको हो । जिल्ला निर्वाचन कार्यालय, मुख्य मतदान अधिकृत, सुरक्षाकर्मी लगायतको रोहवरमा एक लाख ३४ हजारप्रति मतपत्र बुझिएको जिल्ला निर्वाचन कार्यालय खोटाङका जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले जानकारी दिए ।

दुई नगरपालिका र ८ गाउँपालिका रहेको खोटाङमा १ लाख १५ हजार ६ सय ४४ मतदाताले निर्वाचनमा मताधिकार प्रयोग गर्दैछन् । जिल्लामा स्थानीय तहको निर्वाचनका लागि १ सय ३६ मतदान स्थल र १ सय ७३ मतदान केन्द्र निर्धारण गरिएको छ ।