रुपन्देही नगरपालिकाका जनप्रतिनिधिले सपथ लिए

नरेश के.सी. / २३, असार । रूपन्देही रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाका जनप्रतिनिधिले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

नवनिर्वाचित जनप्रतिनिधिहरूलाई भैरहवामा आज मुख्य निर्वाचन अधिकृत रुपन्देहीका जिल्ला न्यायाधीश मुरारीबाबु श्रेष्ठले पद तथा गोपनीयताको सपथ गराएका हुन् ।कार्यक्रममा नगरप्रमुख हरिप्रसाद अधिकारी, उपप्रमुख उमा काफ्ले र १३ वडाध्यक्षले सपथ ग्रहण गरे ।

सपथ लिएसँगै नवनिर्वाचित नगरप्रमुख अधिकारीले जनचाहना अनुसार काम गर्ने प्रतिक्रिया दिए ।