September 23, 2017

मनमोहन अस्पतालको विषयमा छानबिन गर्न सांसद्हरूको माग

काठमाण्डौ, २३ असार । मनमोहन अस्पतालमा बिरामीको मिर्गौला झिकेको विषयमा छानबिन गर्न सांसद्हरूले माग गरेका छन् ।

संसद्को शुक्रबारको बैठकमा सांसद्हरूले स्वास्थ्य क्षेत्रनै बदनाम हुने यस किसिमका घटनाबारे छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका हुन् । कांग्रेसका सांसद् रामहरि खतिवडाले आगामी दिनमा यस किसिमका घटना दोहोरिन नदिन कडा कानुन आवश्यक रहेको बताए ।

यस्तै माओवादीका सांसद रामनारायण विडारीले घटनापछि आएको अस्पतालको प्रतिक्रियाले केही गडबड भएको हुनसक्ने बताए । बैठकमा बोल्ने अन्य सांसद्हरूले अस्पातालबाट बिरामीको मिर्गौला गायब पारिएको घटनाबारे निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका थिए ।