September 25, 2017

एमालेको विजय उत्सव र्‍यालीमा प्रयोग भएको जीप दुर्घटना हुँदा २४ जना घाइते

पंकज शर्मा । झापा, २३ असार । झापाको भद्रपुरमा एमालेको विजय उत्सव र्‍यालीमा प्रयोग भएको जीप दुर्घटना हुँदा २४ जना घाइते भएका छन् ।

दुर्घटनामा परी एमालेका २४ कार्यकर्ता घाइते भएका हुन् । घाइतेमध्ये अधिकांशको हात, खुट्टा भाँच्चिएको छ भने केहीको शरीर तथा टाउकोमा चोटपटक लागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घाइते सबैको उपचार भद्रपुरस्थित ओमसाई पाथिभरा हस्पिटलमा भइरहेको जनाइएको छ ।

भद्रपुर नगरपालिका–२ स्थित पृथ्वीनगरको कमलधाप क्षेत्रमा निकालिएको विजय उत्सव र्‍यालीमा प्रयोग भएको मे १ ज १२२४ नम्बरको महेन्द्र जीप सडक किनारमा पल्टिएको थियो ।