July 21, 2017

तनाबका बाबजुद मोदी र पिंगले हात मिलाए

काठमाण्डौ, २३ असार । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी जिनपिंगबीच तनावका बाबजुद भेटवार्ता भएको छ ।

जर्मनीको ह्याम्बर्गमा जी–२० सम्मेलनका क्रममा ती दुई राष्ट्रप्रमुखबीच भेटवार्ता भएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता गोपाल बागलेले दुई नेताले हात मिलाएको तस्बिर ट्वीट गर्दै बताएका हुन् । उनले लेखेका छन्, ‘ह्याम्बर्गमा ब्रिक्स देशका नेताहरुको अनौपचारिक बैठकमा भारतीय प्रधानमन्त्री मोदी र चिनीयाँ राष्ट्रपति पिंगबीच कयौं मुद्दामा छलफल गरे ।’

पछिल्लो समय दुई देशबीच सीमाको विवादलाई लिएर तनाब बढेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *